समाचार

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ला। यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका […]

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्‍यो यस्तो नीति

ललितपुर। सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो । एकातिर कृषियोग्य […]

रैथाने बालीको संरक्षण गरिँदै

मान्म। कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा […]

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

गलकोट। निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखर खेती लगाइएको छ । उक्त स्थानमा दुई वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना मार्फत् जग्गा चक्लाबन्दी कार्यक्रम मार्फत ती खती लगाइएको थियो । यस्तै बानपा १२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुईसय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कदैका छन् । सोही समूहलाई समेत […]

उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाही। सर्लाहीका उखु किसान समयमै अनुदानको रकम नपाउँदा मर्कामा परेका छन्। जिल्लामा नगदेबाली उखु खेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि समयमा भुक्तानी नपठाउँदा मर्कामा परेका हुन्। जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिइए पनि केही उद्योगले उखु खरिदबापतको रकम नदिएको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा। व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको हो । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक […]

पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार

कास्की। कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु. ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख […]

सुन्तलापछि अब अलैँची खेतीमा

गलकोट। जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त भएका बागलुङ नगरपालिका-८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँचीखेती थालेका छन्। अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन। २० वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले कृषि क्षेत्रमा आफ्नो रुचि रहेको […]

एकै वडाबाट वार्षिक रु चार करोडको दूध बिक्री

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु. चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका […]

दशैँका लागि असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गरिने

सिमकोट। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ। दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख […]