समाचार

निर्यात हुन नसक्दा नेपालगञ्जमै थन्कियो जडीबुटी

बाँके। भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब २ हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको छ । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो रु. १ करोड मूल्यबराबरको […]

अलैँचीको लगातार मूल्य घट्दा किसान मारमा

मङ्गलबारे। इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् […]

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला। जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ञस्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको […]

कर्णाली कृषि व्यवसाय ऐन : बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने

कर्णाली। कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ मा व्यावसायिक कृषि […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ। मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली वर्षा र […]

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन् । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । “पहिला […]

धानबालीमा गवारोको समस्या

रामपुर। धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित छन् । उनले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गरेका छन् । रोग निराकरण नहुँदा उनी चिन्तामा छन् । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उनलाई पिरोलेको छ । “फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर […]

कालीकोटको स्याउ बजार पु¥याउन समस्या

मान्म। कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या […]

राजनीतिसँगै माछापालन व्यवसाय

मोरङ। राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाएका छन् । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ । इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट […]

लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुकुम पूर्व। भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु. ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री […]