समाचार

शीत भण्डारमा आलु बिग्रियो तर किसानले पाएनन् क्षतिपूर्ति

वालिङ। भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका […]

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

सर्लाही। लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो […]

अवैध चिनी बरामद

चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना अधिकारी नरहरि […]

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा

रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् । पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताए । उनका १६० माहुरी घार छन् । उनका अनुसार यी सबै […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

कावासोती। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

मकैको बीउ बिक्रीबाटै मनग्य आम्दानी

स्याङ्जा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन गर्दै आएको समूहकी […]

मङ्गलबारसम्म वर्षाको सम्भावना

ललितपुर।  आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भन्नुभयो, “यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।” उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता […]

बागमती प्रदेशले निर्माण गरिरहेको शीतभण्डार भदौबाट सञ्चालनमा आउने

हेटौैँडा। कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी […]

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्दै

सुदूरपश्चिम। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि सङ्कायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]

किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन

पाँचथर। पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको […]