समाचार

उदाहरणीय बाख्रापालक युवाबाट देशभर बोयर आपूर्ति

धनकुटा। चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गरे । पिसिओ (टेलिफोन सेवा), रेमिट्यान्स, निर्माण व्यवसायी र विभिन्न सामाजिक संस्थामा सेवा गरेर आत्मसम्मानका साथ जीवनयापन गर्ननसके पछि उनि अहिले बाख्रापालनमा रमाउँदै आएका हुन् । विसं २०७१ मा वडा नं ३ र ८ को सिमानामा रहेको जरुवा […]

अलैँची खेतीप्रति कृषकको आकर्षण घट्दो

चौतारा। व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने […]

तेह्रथुमको अकबरे खुर्सानीले पाएन मूल्य

म्याङ्लुङ। प्रमुख नगदे बालीका रूपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा यहाँका किसान मारमा परेका छन् । अरु बेला यो मौसममा अकबरे एक केजीको चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्थ्यो । तर, अहिले एक केजीको एक सय ५० देखि बढीमा दुई सय रुपैयाँसम्ममा बेच्न किसान बाध्य भएका छन् । छथर गाउँपालिका–६ सुदापका किसान शेरबहादुर पौडेलले […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा करारमा १५२ कर्मचारी माग

ललितपुर।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदको लागि डेढ सयभन्दा बढी संख्यामा कर्मचारीको माग गरेको छ । परियोजनाले कृषि अधिकृत, पशु विकास अधिकृत, नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक पदहरूका लागि कर्मचारीको माग गरेको हो । कर्मचारीहरूको छनोट गर्दा लिखित तथा अन्तर्वार्ता दुवै किसिमबाट परीक्षा लिइने सूचनामा उल्लेख छ । परियोजनाले ‘प्रधानमन्त्री कृषि […]

गाईवस्तुलाई घाँस र स्याउला लिन भारत

दोधारा चाँदनी। नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उहाँ […]

बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

बागलुङ।  जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो । उत्पादित अण्डाले जिल्लाको […]

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा

रामेछाप। प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालन हुन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु. पाँच करोड र मन्थली नगरपालिकाको रु. दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तामा परेका छन्। जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र […]

ड्रागनफ्रुटबाट वर्षमा करोड आम्दानी

मोरङ। गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई। बन्दाबन्दीको असरले निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ। राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए। विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु […]

पोखराको कोसेली आन्तरिक पर्यटकलाई टुसा

कास्की। पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोसेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडी भू–भागमा पाइने टुसा विशेषतःअसार, साउन र भदौमा पलाउने भए पनि बजारमा साउनको समयमा यसको उल्लेख्य रुपमा व्यापार हुने गरेको छ । विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्छ । अन्नपूर्ण आधार शिविर र मर्दी आदि क्षेत्रको […]

धानबालीमा पुर्‍याएको क्षतिको अझै राहत पाएनन् किसानले

झापा। झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए । विरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको […]