ललितपुर।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदको लागि डेढ सयभन्दा बढी संख्यामा कर्मचारीको माग गरेको छ ।

परियोजनाले कृषि अधिकृत, पशु विकास अधिकृत, नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक पदहरूका लागि कर्मचारीको माग गरेको हो ।

कर्मचारीहरूको छनोट गर्दा लिखित तथा अन्तर्वार्ता दुवै किसिमबाट परीक्षा लिइने सूचनामा उल्लेख छ ।

परियोजनाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सेवा करारमा कृषि प्राविधिक कर्मचारी छनोट कार्यविधि, २०७८’ बमोजिम प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको उम्मेदवारहरूले मात्र दरखास्त दिन आग्रह गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ५ गतेसम्म आवेदन दिन परियोजनाले आव्हान गरेको छ ।

सूचना हेर्नुहोस :