समाचार

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

जाजरकोट। भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका (१) कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर […]

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही। जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थ्य तर उनी केही नगरी बसेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा […]

‘मल र बीउ उपलब्ध गराउनेलाई भोट’

भैरहवा। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए […]

हाते ट्र्याक्टरले गोरु विस्थापित

बझाङ। खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए । “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उनले भने, “गोरु जोतेरै बूढो भइसके […]

उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

नवलपरासी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठदिन मात्रै बाँकी छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेन्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा पनि उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगेका छन् । विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट […]

कृषिमा यन्त्रिकीकरण बढ्दो

बागलुङ। बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न लाग्ने खर्च र समय घटेको छ । त्यति मात्रै होइन, पुनले चार वर्षयता यसका लागि महङ्गो पारिश्रमिक बुझाएर श्रमिक बोलाउनु पनि परेको छैन । […]

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

देउखुरी। दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा रु. १२ लाख आम्दानी गरेका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायीक फूल खेती विस्तार गरेका हुन् । […]

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताईन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ […]

जुम्लामा स्याउ उत्पादन बढ्यो, किसानले उचित मूल्य पाएनन्

जुम्ला। स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् […]

किसानले कोदो लगाउनै छाडे

डुम्रे। गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ […]