समाचार

बाँझो जमिन प्रयोग गर्ने कृषकलाई प्रतिरोपनी भत्ता

बागलुङ। ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति […]

वार्षिक दुई करोडको लप्सी बाहिरिने

सिन्धुपाल्चोक। पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी […]

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

ललितपुर। नेपालबाट गतवर्ष रु. ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७७/०७८ मा नेपालबाट रु. ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना […]

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

पोखरा। मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरामा मुस्ताङका साथै छिमेकी […]

किसानलाई धान उत्पादन घट्ने चिन्ता

राँझा। समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपालि धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नसकेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताउनुभयो । यस वर्ष समयमै पानी नपरेका कारण ढिलो गरी धान […]

भारतबाट आयातित माछा बिक्रीमा रोक

बनियानी। झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, […]

स्वदेशी फूलको कारोबारमा वृद्धि

ललितपुर। स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७/७८ मा रु एक अर्ब ६३ करोडको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३० औँ साधारण सभामा बोल्दै अध्यक्ष मीनबहादुर तामाङले कोभिड पश्चात पुष्प व्यवसाय विस्तार लयमा फर्किएको […]

पशुपन्छी बीमामा किसानलाई अनुदान

तनहुँ। भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ। कार्यालयले एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार अनुदान दिएको हो। जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय […]

घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा. श्यामकृष्ण तिवारीले जानकारी दिए । देवचुली नगरपालिकाले यस […]

सामुदायिक वनमा बेसारको व्यावसायिक खेती

झापा। झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । उनले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर […]