समाचार

नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान, कुन-कुन फार्मले पायो ?

पोखरा। पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्द्धन केन्द्र (इबिक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत् २४ फार्मलाई रु. ५० हजारका दरले अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख […]

सुन्तलाले बजार नपाउँदा किसान निराश

मुसिकोट। रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको छ । एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि […]

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दी। म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

रेसुङ्गा। पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उहाँले भन्नुहुन्छ, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भन्नुभयो । आफूले गरेको तोरी खेती सधैँ […]

परालको गुन्द्री बुन्ने पुख्र्यौली सीप हराउँदै

कावासोती। पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्यानो […]

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची। जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु. पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरु सबैले सुन्तला बेचेर कम्तीमा रु. तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् । यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले […]

बाख्रापालन र बेमौसमी तरकारी खेतीमा वादी महिला

बेदकोट। कञ्चनपुर भीमदत्त नगरपालिका -९ मटेनाका वादी परिवार पहिले महाकाली नदी बगरमा गिट्टी र बालुका चालेर गुजारा गर्थे । वादी बस्तीका युवा रोजगारीका लागि भारत जान्थे । महिला र वृद्धवृद्धा घरखर्च चलाउन महाकालीको बगरमा गिट्टी र बालुका चाल्नुको विकल्प थिएन । अहिले भने यी वादी परिवारहरु गिट्टी र बालुवाको काम छाडेर अन्य पेशामा आबद्ध हुन […]

नवौँ विश्व माटो दिवस मनाइँदै

ललितपुर। स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ। सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको […]

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

रामपुर। सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, […]

मह गाउँको परिचय दिँदै दगाम

गण्डकी। परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने […]