समाचार

गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

फुङ्लिङ। मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुनुहुन्थ्यो । उहाँले दिनभर अरिङ्गाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्नुहुन्थो । विशेषगरी […]

रेडपान्डाको बासस्थान संकटमा

जाजरकोट। मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]

धानका बाला झुल्ने खेतमा बेसारखेती

तुलसीपुर। कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्नुहुन्थ्यो । तर अहिले उहाँले बेसारखेती गर्नुभएको छ । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती […]

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

स्याङ्जा। स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष […]

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

चितवन। चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास […]

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

गलेश्वर। बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ […]

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

बर्दिया। राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उहाँको भनाइ छ । […]

आधुनिकताले छोएन पशुपालक किसानलाई

ढोरपाटन। पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन । एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै […]

किसानले अझै पाएनन् मल

कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा […]

मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी

म्याग्दी। मुस्ताङबाट यस वर्ष रु. ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो […]