समाचार

सुन्तलापछि अब अलैँची खेतीमा

गलकोट। जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त भएका बागलुङ नगरपालिका-८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँचीखेती थालेका छन्। अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन। २० वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले कृषि क्षेत्रमा आफ्नो रुचि रहेको […]

एकै वडाबाट वार्षिक रु चार करोडको दूध बिक्री

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु. चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका […]

दशैँका लागि असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गरिने

सिमकोट। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ। दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख […]

कृषि र गैरकृषि जग्गा वर्गीकरण हुनुपर्ने

ललितपुर। कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले समयमै आफ्नो काम नगरेकाले सो समस्या देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख दीपक कोइरालाले जानकारी दिए । स्थानीय तहले कृषि र गैरकृषि जग्गाका रूपमा वर्गीकरण नगर्दा जग्गा […]

पर्वतमा दूध उत्पादन बढ्यो

पर्वत। व्यावसायिक रूपमा गाई र भैंसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसानको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको हो । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, […]

आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा उत्पादक किसानको चेतावनी

चितवन। जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक संघ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको […]

विदेश त्यागेर खेतीपातीमा

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके । विदेश जान १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनी गाउँ फर्किए । हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका […]

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी। दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन । लमही नगरपालिका–१ […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ। धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले […]

मुस्ताङको स्याउ बजारसम्म पुर्याउन समझदारी

मुस्ताङ। स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ […]