समाचार

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

ललितपुर। फूलैफूलको पर्वका रूपमा लिइने तिहारमा रु. १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले बताए। “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख […]

शिक्षण पेसा छाडेर फूल खेती

भरतपुर। भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम […]

झिनियाँको माग थेग्नै मुस्किल

पाल्पा। अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् । पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् । रामपुर नगरपालिका–५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना […]

भोजपुरका किसानमा पशु बीमा प्रभावकारी बन्दै

भोजपुर। भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बीमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको समेत बताए । २०६० माघ १ गतेदेखि लागू हुने गरी बीमा […]

फूल व्यवसायीलाई फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ

बेदकोट। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ। सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छन्। मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन्। “तिहारका लागि फूलको माग असाध्यै छ, […]

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि

खोटाङ। फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको […]

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

भक्तपुर। फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु. तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि […]

फूल उत्पादकको गुनासो– तिहारपछि फूल कहाँ बेच्ने ?

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–८, बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती शुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती शुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन […]

चितवनमा भारतीय माछा बिक्रीमा प्रतिबन्ध

भरतपुर। चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, […]

किसानलाई मल अभाव

झापा। कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकि छिन् । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेको हो । तनुजा आफैले र गाउँपालिकाले उत्पादन गरेको जैविक […]