समाचार

कुखुरापालक किसान समस्यामा

तनहुँ। तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु. ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु. १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् । व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी […]

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको […]

केरा खेतीमा जमेका ‘पूर्ण’

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहनुभएको छ । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहनुभएका साउदको वार्षिक रु. ९० लाख बराबरको कारोबार रहेको छ । आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु. पाँचदेखि सात लाख […]

कहिले सञ्चालन होला बागबजारको तरकारी सङ्कलन केन्द्र ?

रुकुम। रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म पुग्ने सडक तथा अन्य भौतिक संरचना निर्माण भैसकेका छन् तर सबै संरचना निर्माण भएको लामो समय भइसक्दा पनि अझै उक्त केन्द्र सञ्चालन हुन सकेको […]

हिमपात नहुँदा जनजीवन प्रभावित

फुङ्लिङ। समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुग्नुभएको होइन, हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त […]

धुलिखेलको कृषिमा जापानिज सीप र प्रविधि भित्र्याइँदै

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको हो । उक्त कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छमहिने तालिमसमेत दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । […]

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

खोटाङ। दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा आफैँले उत्पादन गरेका तोरी र सूर्यमुखी फूलको तेल प्रयोग गर्दै आएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका […]

चैते धान लगाउने घटे

दोधारा चाँदनी। कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी […]

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

ललितपुर। काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षणबढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै […]

किसान सङ्घर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

ललितपुर। तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । लाई ज्ञापनपत्र बुझाउनुभएको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज ज्ञापनपत्र बुझाउनुभएको छ । संयोजक भुसालले आयोगका सदस्य टेकबहादुर बोगटीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र […]