‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’
ललितपुर। विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ । वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै […]





