समाचार

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

त्रिवेणी। माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग […]

प्रेमबहादुरको सङ्घर्षः ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

बेनी। धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् । छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उहाँकी श्रीमती इनदेवीले घुम्ती […]

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

तनहुँ। भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभयो । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर चार वर्षअघि घर फर्किनुभयो । घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाल्नुभयो । फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उहाँका सपना सबै चकनाचुर बन्न […]

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

कपिलवस्तु। लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन् । सख्खर उद्योगले […]

स्थानीय जातको आलु संरक्षणमा कृषि अधिकृत

कञ्चनपुर। बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल बिहानीको झिसमिसेदेखि झमक्क साँझ नपर्दासम्म स्थानीय जातको आलु स्याहार्नमै व्यस्त रहने गर्नुहुन्छ । उमेर हदका कारण कृषि अधिकृतको पदबाट दुई वर्ष अघि सेवानिवृत्त हुनुभएका मल्ल हराउँदै गएको स्थानीय जातको थारु (घरैया) आलुको संरक्षणमा लाग्नुभएको छ । उहाँको दिनचर्या आलुका बोट गोडमेल गर्ने, जैविक विषादी घरमै निर्माण गरी छर्कनेमा बित्ने […]

विस्थापित हुँदैछन् पशुपालक कृषक

मध्यबिन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका– ८ को सम्राट कृषि तथा पशु फार्ममा दुई वर्षअघि ५० वटासम्म गाई थिए । दैनिक चार सय लिटर दूध उत्पादन हुन्थ्यो । मासिक आम्दानी दुई लाख । तर, हिजोआज फार्ममा चार गाई छन् । कोरोना भाइरसपछि देखिएको आर्थिक मन्दी, दाना पराल महँगो हुनुजस्ता कारणले गाईको सङ्ख्या घटाउनु परेको फार्मका […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्नुहुन्थो । राईले गरेको […]

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

तनहुँ। अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताउनुभयो । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको […]

वन्यजन्तुबाट स्थानीय मर्कामा

चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षती पु¥याउने गरेका छन् । आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती […]

बाख्रा पालनबाट लाखौँको कारोबार

बझाङ। जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना […]