गुर्जामा उच्च घनत्वको स्याउखेती, परिक्षण उत्पादन सफल भएपछि किसान आकर्षित
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती गरिएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । “गुर्जामा म्याग्दी जिल्लामै […]





