समाचार

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

ढोरपाटन। बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी […]

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

भोजपुर। व्यावसायिक सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, […]

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ। स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर […]

सिंगामा चिस्यान गृह निर्माण

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार तीन […]

वर्षौंदेखिको बाँझो बारीमा कोदोखेती

गलेश्वर। घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै […]

बङ्गुरपालन व्यवसाय संकटमा

गल्याङ। स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए […]

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि […]

टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो

टीकापुर। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो । गौशालाले २० किलो र २५ किलोको प्याकेट बनाएर प्रतिकिलो १२ मा मल बिक्री थालेको छ । विगतमा मल चार हजार प्रतिट्रलीका हिसाबले बिक्री हुन्थ्यो […]

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

भोजपुर। भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ। सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा […]

व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

देउखुरी। लहरै रोपिएका सयपत्री फूलका बिरुवा कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री […]