समाचार

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी। म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । उनले भने, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष […]

किसान सूचीकरण गर्दै नगरपालिका

कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो । कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा […]

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

झापा। केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती […]

सुन्तला उत्पादक किसानलाई क्यारेड र डिजिटल तराजु

डोटी। केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै […]

उखुको समर्थन मूल्य निर्धारण

ललितपुर। सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ […]

बङ्गुरपालनमा रमाउँदै किसान

बागलुङ। विदेशको सपना लत्याउनुभएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उहाँको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उहाँले रु २१ लाख लगानी गर्नुभएको छ । फार्ममा एक सय ७० बङ््गुर पाल्ने क्षमता छ । बङ्गुर थप्दै जाने योजनामा […]

किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बलेवा। एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग […]

किसान समूहलाई हाते ट्याक्टर वितरण

डोटी। किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो । साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा […]

पुनः वर्षा र हिमपातको सम्भावना

ललितपुर।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, […]

सामूहिक बङ्गुरपालनमा रमाउँदै म्याग्दीका युवा

म्याग्दी। कोरोना भाइरसको महामारी फैलिएपछि सहर बजार र विदेशमा रोजगारी गुमाएर फर्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बङ्गुरपालन गरेका छन् । लेकाली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध २२ जना युवाहरुले रु ५०/५० हजार सङ्कलन गरेर मान्द्रेढुङ्गाको उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बङ्गुरपालन गरेका हुन् । एक सयवटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेस र […]