समाचार

आज यी स्थानमा हुनेछ वर्षा

ललितपुर। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा […]

राडीपाखी उद्योगले किसानलाई राहत

खलङ्गा। जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए । यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका […]

कृषिमा बामदेवका दुई दृष्टिकोण !

ललितपुर।  राष्ट्रियसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गरेका छन् । सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने गरी दुई दृष्टिकोण सार्वजनिक गरेका हुन् । […]

म्याग्दीको अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सँगुर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]

दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो

दोलखा। खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० […]

भायानेटले गुड विथ इन्टरनेट मार्फत १५+ परिवारलाई मद्दत गर्यो

ललितपुर। भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ। यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरेको कम्पनीले दाबी गरेको छ। ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत […]

बाँझो जग्गामा चक्लाबन्दी खेती

बागलुङ। वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो […]

नेपालको कुरिलो पुग्यो दुबई र कतार

चितवन। नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये […]

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो

रामपुर। कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर वरिपरी लगाउने गरिन्थ्यो । हिजोआज भने किसानले सौन्दर्यतासँगसँगै आयआर्जन गर्ने गरी खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ सगाहाका किसान सूर्यमुखी खेती स्याहार्न व्यस्त छन् । यहाँ व्यावसायीक […]

रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सर्लाही। जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे । “ जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ ।सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मलको आवश्यकता छ,” उनले भने । धान रोपाइँको बेला […]