समाचार

कुखुराको मासु अभाव

खोटाङ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र […]

निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

ललितपुर। मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरिररहेको जानकारी दिएको हो । स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ […]

नेपालमा कृषि कर्जा मेला हुँदैं, एशियामा पहिलो भएको आयोजकको दावी

ललितपुर। नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि […]

चितवनमा जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा

रत्ननगर। चितवनमा जिल्लाकै सबैभन्दा बढी क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो । चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उक्त शीत भण्डारमा दुई हजार ५०० मेट्रिक टन सामान अटने क्षमताको रहेको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताए । सरकार, सहकारी र व्यक्तिको लगानीमा सञ्चालनमा […]

बम्घाको सिङ्गो गाउँ नै आलु खेतीमा

तम्घास। गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन् । आलु खेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो । “उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उनले भने, “यो वर्ष उत्पादन घटेर ४५ […]

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

पाल्पा। पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा […]

पशु सुत्केरी भत्ता वितरण

राँझा। कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण […]

प्रभावकारी भएन कृषि बीमा कार्यक्रम

म्याग्दी। सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट यहाँका किसान लाभ लिन सकेका छैनन् । बीमा गरेका किसानले क्षति […]

बर्डफ्लु सन्त्रास : साँगामा उच्च सतर्कता

काभ्रेपलान्चोक। छिमेकी जिल्ला भक्तपुरको सूर्य विनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकको सीमा नाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि […]

सात महिनामा झन्डै १३ अर्बको धान आयात

ललितपुर। चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु. १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु. तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न […]