समाचार

व्यास नगरपालिकाले प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेलाको आयोजना गर्ने

तनहुँ। उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने भएको छ । व्यास नगरपालिकाको आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बीउ व्यवसायी सङ्घको सहकार्यमा पुस ३० गतेदेखि माघ २ गतेसम्म कृषि तथा पशुपन्छी मेला हुन लागेको हो […]

रित्तिए हुम्लाका खाद्य डिपो, बजारको महँगो चामल खरीद गर्न बाध्य स्थानीय

हुम्ला। खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको […]

चिनी उद्योग गाउँमै खुलेपछि उखु किसान तनाव मुक्त

महेन्द्रनगर। एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छन् । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्पर्कविहीन बने”, चौधरीले भनिन्, “विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन […]

खाँटी कृषकले पाउँदैनन् अनुदान, कागज मिलाउने मालामाल !

ललितपुर।  संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले […]

कृषकलाई सरकारको आह्वान, रासायनिक मल किफायत गरी प्रयोग गर्नु

ललितपुर।  सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको […]

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

कञ्चनपुर। उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु. २४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु. दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भन्नुभयो, “इन्टरनेटको […]

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

चितवन। नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले […]

प्रदेश नं २ मा धान उत्पादन घट्यो

जनकपुरधाम।  प्रदेश नं. २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.५१ मेट्रिक टनका दरले १३ लाख […]

आजको मौसमः सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

ललितपुर। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण आज बिहान प्रदेश १ र २ का एक, दुई स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना […]

भायनेटको साउन्डमा टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

ललितपुर। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो । प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्«याक गर्नुपर्ने छ । आवाज ट्र्या […]