समाचार

म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस

गलेश्वर।समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला । यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ […]

किसानलाई बाली जोगाउने चिन्ता

बलेवा। मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् । गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भन्नुभयो, “यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले […]

गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ। देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी र […]

कृषकलाई माछाका भुरा वितरण

बेनी। म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक […]

फैलिँदै ड्राइगन फ्रुट खेती

बनियानी। झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् […]

हराउँदै रैथाने बालीको बीउ

सुदूरपश्चिम।कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ । चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने […]

किसानका लागि सामाजिक उद्यमशीलता अभियान

धनकुटा।किसानले उत्पादन गरेको कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ । लङ्खाली कृषि परामर्श तथा तालिम केन्द्रले हिलेस्थित व्यापारिक केन्द्रमा किसान र कृषिमा आधारित उद्यमी ब्यपारी बीच सहकार्यका लागि प्रारम्भिक छलफल गराएको छ । यो अभियानले जिल्लामा उत्पादित कृषि उपजका मूल्यलाई बिचौलिया र भारतीय बजारको कब्जाबाट विस्तारै मुक्त […]

प्राकृतिक जलाशयमा पानी सुक्दै, चुनौती थपिँदै

गण्डकी। सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ । पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् । भएका कुवा […]

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

झापा।नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ९आठ महिना०मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख […]

गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या

फिक्कल।गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गर्नुभयो । ‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, […]