किसान

मूल्यवृद्धिविरुद्ध किसान सडकमा

बुटवल। कृषि सामग्रीमा मनोमानी रूपमा मूल्यवृद्धि भएको भन्दै रूपन्देहीका किसान विरोधमा उत्रिएका छन् । बीउ, मल, कीटनाशक औषधि, दाना, जोत्ने ट्र्याक्टर, थ्रेसरलगायत सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको किसानको भनाइ छ । महंगो प्रविधि र मल बीउको प्रयोग गरी उत्पादन गर्न नसकिने भन्दै किसानले सरकारलाई मूल्य घटाउन आग्रह गरेका छन् । ‘महिनैपिच्छे कृषि सामग्रीको मूल्यवृद्धि भइरहेको छ । […]

एक सय चौबन्न वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान,अब नेपाली ट्रेडमार्कमा निकासी हुने

इलाम। नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो ९ट्रेडमार्क० पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि […]

बाजुरा पुग्यो हाते ट्याक्टर, आधुनिक कृषि विकासमा योग्दान पुग्ने विश्वास

बाजुरा । आधुनिक कृषि विकासका लागि हाते ट्याक्टर वितरण गरिएको छ । सिँचाई विकास सवडिभिजन कार्यालय र जिल्ला कृर्षि विकास कार्यालय बाजुराको बार्षिक कार्यक्रमको कृर्षि कार्यक्रम अनुसार हाते ट्याक्टर वितरण गरिएको हो । समयको बचत गर्नेका लागि,आधुनिक कृषि विकासका तथा उत्पादनमा बृद्धि गर्नेका लागि वितरण गरिएको सिँचाई विकास सवडिभिजन कार्यालय प्रमुख छविराज जैशीले बताए । […]

आलुको बीउ अभाव

काठमाडौं ।  बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउ अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता बीउ उत्पादक समूह र किसानलाई लगाउन भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए । दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेको उनी […]

पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने

काठमाडौं ।  पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने भएको छ। सरकारले दिएको अनुदान उपयोग गरी घर बनाउन नसक्नेहरूलाई प्राधिकरण आफैँले घर बनाइदिने नीति अवलम्बन गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिए। प्राधिकरणले ७० वर्ष नाघेका वृद्धवृद्धा, ६५ वर्ष नाघेका एक महिला, अपांग भएका र १६ वर्षमुनिका बालबालिका गरी चार प्रकारका भूकम्पपीडितको  वर्गीकरण […]

तीन महिनामा ३० किलो मासु हुने बोयर बोकाले कमायो १४ लाख

अर्घाखाँची । अर्घाखाँचीको डिभर्ना बोयर जातका बाख्रा उत्पादन स्थल बन्दैछ । अष्ट्रेलियाबाट एउटा बोकालाई ३ लाखका दरले १५ वटा बोयर बोका ल्याइएको थियो । परम्परागत रुपमा पालिँदै आएका खरी जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि जिल्लमा अहिले बाख्रा पालन व्यवसाय झनै फस्टाउँदै गएको छ । […]

व्यवसायिक कन्दमूल खेती सुरु, १० लाख रुपैयाँ विनियोजन

पर्वत। पर्वतको कुस्मा नगरपालिका–७ को खरेहाका किसानले पहिलो पटक व्यवसायिक कन्दमूल खेती सुरु गरेका छन् । बजारमा तरुल, भ्याकुर, गिठा, बन तरुल जस्ता कन्दमूलको माग बढ्दै गएपछि यहाँका किसानले व्यवसायिक कन्दमूल खेती गर्न थालेका हुन् ।  चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको कुस्मार नगरपालिका–७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले […]

कुखुराको फोहोर बाट बायोग्यास प्लान्ट, दैनिक १२ सय किलो ग्यास

स्याङ्जा। स्याङ्जामा अत्याधुनिक बायोग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ। सातजना स्थानीयले ५० करोड रुपैयाँ लागतमा सञ्चालित खिलुङ–कालिका एग्रो फर्मले प्लान्ट सञ्चालनमा ल्याएको हो। एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने यो कम्पनी मुलुककै पहिलो भएको दाबी उक्त फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकालको छ। उनका अनुसार प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन […]

चिनीको भन्सार नबढाए,व्यवसायीले उखु उत्पादक किसानलाइ भुक्तानी नदिने

काठमाडौं ।  चिनीको भन्सार ५० प्रतिशत वृद्धि नगरे स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने भएका छन् । उत्पादन भएको चिनी बिक्री नभएर गोदाममै थन्किएर बसेकाले किसानको भुक्तानी दिन कठीन हुने अवस्था आएको नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उद्योगको उत्पादन गोदाममै थन्किएर बसेको छ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अग्रवालले भने, ‘हाम्रो उत्पादन […]

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा […]