किसान

मासिक दुई लाख ५० हजारको वैदेशिक रोजगारी छाडेर नेपालमा भैंसीपालन

भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उहाँ स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा […]

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङ्जा। देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् । गल्याङ नगरपालिका–९ साङलिया रिपका […]

थोरै लगानी मनग्य आम्दानी : वैदेशिक रोजगारीबाट फर्केर बट्टाई पालन

टीकापुर। जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहेका थिए। बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न […]

भोजपुरका किसान व्यवसायीक किवीखेतीतर्फ

भोजपुर। जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे […]

परिश्रमको फल : कुखुरापालन र तरकारीखेतीबाट मासिक एक लाख बचत

गलकोट। गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन् । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उनको […]

विदेश गएका युवालाई आफ्नै माटोले फर्कायो

स्याङ्जा। ठूलो सपना बोकेर विदेश पुगेका स्याङ्जाका युवालाई आफनै माटोले स्वदेश फर्काएको छ । जति मेहनत गरेपनि भविष्यको कुनै ठेगान नभएपछि एक पछि अर्को गर्दै स्वदेश फर्कन थालेका हुन् । फर्किएका ती युवाहरु कृषि व्यवसाय अपनाएर उद्यमी बन्न थालेका छन् । यसैक्रममा वालिङ १० का रुक्मागत ढकाल पनि एक हुन् । रुक्मागतले विदेशबाट फर्के लगत्तै […]

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

कैलाली। टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाइन् । […]

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै

दाङ। दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । “पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान […]

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

सर्लाही। उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु […]

राजनीतिसँगै बाख्रापालन

चितवन। केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन् । यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोग्नुभएका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेका छन् […]