किसान

अगरवूड खेती गर्न किसानलाई विरुवा वितरण

डडेल्धुरा। डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन । एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ […]

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि

सल्यान। नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ । तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ । गाउँगाउँमा मोटरबाटो तथा तरकारि बजार लाग्ने भएकाले […]

कृषि उपज बिक्री नभए त्यसको मूल्य नगरपालिकाले दिने

रुकुम पश्चिम। चौरजहारी नगरपालिकाले नगरवासीलाई कृषि पेशामा आकर्षित गर्नका लागि विशेष कार्यक्रम ल्याएको छ । व्यवसायिक कृषि पेशामा युवाहरुको आकर्षण बढाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ । नगरपालिकाले व्यवसायिक कृषि पेशामा लागेका नगरपालिका भित्रका कुनै पनि कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभए त्यसको जिम्मा आफैले लिने भएको हो । कृषकले उत्पादन गरेको ठूलो मात्राको […]

सुत्केरी भैँसीलाई पोषणभत्ता तीन हजार !

म्याग्दी। मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ। सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो। यसवर्ष १९ भैँसीपालक कृषकलाई तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ, बाबियाचौरका एक […]

तरकारी खेतीमा नयाँ प्रविधि अपनाउँदै किसान

बीरेन्द्रनगर। सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –४, खोर्केका किसान आधुनिक प्रविधिको प्रयोग गरी व्यसायिक तरकारी खेतीमा जुटेका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दा थोरै लगानी र मिहिनेतमा बढी आम्दानी लिन सकिने भएपछि उनीहरु आधुनिक प्रविधिको प्रयोगमा आकर्षित भएका हुन् । नेट प्रविधि प्रयोग गर्नु भएकी डम्बरी पौडेलले किराबाट जोगाउन, गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न […]

किसानद्वारा दूध बाँडेर विरोध

चितवन। दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन्। दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । […]

मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

चितवन। दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ । राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर […]

मुलकभर ७२.५ प्रतिशत धान रोपाई सम्पन्न

काठमाडौं। मुलकभर ७२.५ प्रतिशत धान रोपाई भएको छ। बिहीबारसम्ममा मुलुकभर उक्त परिमाणमा धान रोपाई भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले जनाएको छ। मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ११ लाख १८ हजार ६२६ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकिएको छ। रोपाई भएको मध्ये सबैभन्दा बढी नेपालको उच्च पहाडमा […]

अब गाईलाई पनि ‘सुत्केरी’ भत्ता

चितवन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण […]

कृषक जडीबुटी खेतितर्फ आकर्षित

सल्यान। जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् । कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन […]