गोदाममै थन्कियो करोडौँको अदुवा, लगानी डुब्ने चिन्तामा व्यापारी
डोटी। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा संकलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण संकलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको […]