अर्थ/बजार

कृषि उत्पादन वृद्धिमा बिम्स्टेक राष्ट्रको जोड

ललितपुर। बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा औँल्याएका थियो । भारतीय प्रधानमन्त्री […]

अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

भद्रपुर। अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार […]

६ रुपैयाँको अण्डालाई उपभोक्ता १५ रुपैंया तिर्दै

चितवन। किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ […]

अव च्याउको पनि बीमा !

ललितपुर। नेपालमा बढ्दो च्याउ खेतीलाई मध्यनजर गर्दै बीमा समितीले च्याउको गर्ने भएको छ । काठमाडौँको नेपालमा च्याउखेतीको बिमा, अवसर र चुनौती विषयक अन्तक्रियात्मक कार्यक्रममा बोल्दै बिमा समितीका उप निर्देशक कुन्दन सापकोटाले च्याउको लागि पनि छुट्टै बिमा निती आवश्यक परेको र किसानलाई थप सहयोग गर्न च्याउ निती बनाउन बिमा समिती तयार रहेको बताउनुभयो । उक्त अवसरमा […]

एकै सिजनमा १ करोड बढीको अकबरे खुर्सानीको व्यापार

इलाम। इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा एकै सिजनमा १ करोड बढीको अकबरे खुर्सानीको व्यापार हुने गरेको छ । इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका साथै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका किसानले उत्पादन गरेको अकबरे खुर्सानी राँकेबजारका व्यापनरीले बिक्री गर्ने गरेका छन् । अहिले इलाममा धमाधम अकबरे खुर्सानी टिपेर बजारमा बिक्री गर्ने समय हो । कम्तीमा […]

अब अदुवा निकासीमा पनि कर

भद्रपुर। इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले ५ हजार रुपैयाँ निकासी करका रुपमा असुल गरेको हो । […]

जुम्लामा २४ करोडको स्याउ उत्पादन हुने अनुमान

सुर्खेत। चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाणमा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । […]

नेपालको मकै ‘हात्तीको मुखमा जिरा’

काठमाडौँ। कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट वार्षिक रु ३३ अर्ब ७२ करोड आम्दानी हुन्छ । कुखुरालाई आवश्यक पर्ने दाना कृषि र पशुपालन क्षेत्रबाट प्राप्त गर्न सकिन्छ । तर कृषि र पशुपालन क्षेत्र परनिर्भरतातर्फ धकेलिएकाले दाना […]

अचार बेचेरै मासिक डेढ लाख आम्दानी

भद्रपुर। सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उहाँले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच लाख पूँजी लगानी […]

भारतको विशाखापत्तनममा ३० हजार टन युरिया मल रोकियो

काठमाडौं। रेल नपाएपछि ३० हजार टन युरिया मल भारतको विशाखापत्तनममा रोकिएको छ । हाल धान खेतीको टप ड्रेसिङको समयका कारण युरिया मलको माग अत्याधिक भएको बेला रेल्वे र्याक नपाउदा आपूर्तिमा ढिलाइ भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले ग्लोबल टेण्डरबाट इण्डियन पोटास लिमिटेडसंग ३० हजार टन युरिया मल खरिद गरेको हो । निर्धारित […]