असिनापानीबाट दुई करोडको सुन्तला नष्ट
वालिङ। असिनापानीले स्याङ्जामा दुई करोड रुपैयाँ बढीको सुन्तला नष्ट भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो। “गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका […]