अर्थ/बजार

सुर्खेतमा एक अर्ब ३६ करोड कारोबारमा तेब्बरले निर्यात

कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको पाइएको हो । मुलतः वर्षे तथा हिउँदे […]

अर्धवार्षिक कृषि उपज निकासी : बढ्यो अलैँची र चिया, अदुवास्थिर

इलाम। चालु आव २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालुआवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा […]

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

ललितपुर। चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु. ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु. ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले […]

कृषिमा वैदेशिक लगानी ल्याउन नदिन १५ समूहको विरोध

ललितपुर। कृषिमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै कृषिसम्बद्ध १५ समूहले विरोध जनाएका छन् । कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गरिँदा यो पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा गई व्यवसायीको उद्यमशीलतामा असर पर्ने भन्दै उनीहरूले विरोध जनाएका हुन् । माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, पोल्ट्रीमा […]

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज। छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास […]

कृषकलाई एक प्रतिशत व्याजमा कर्जा उपलब्ध गराईदैं

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको व्याजमा अनुदान दिने व्यवस्था गरेको छ । कृषकले लिने कर्जाको व्याज अनुदानमा उपलब्ध गराउने सम्बन्धमा मन्त्रालय र कृषि […]

कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यू आर कोड संचालन, फलफूल तथा तरकारी किन्दा नगद बोक्न नपर्ने

ललितपुर। प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार […]

आकासिएको प्याजको मूल्य घट्न थाल्यो

ललितपुर। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको […]

श्रीराम सुगर मिल्सले ग¥यो २५ करोड भुक्तानी

ललितपुर। रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो । उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो […]

क्याटवरी बनाउने उद्योग स्थापनाको तयारी, १ करोड ८ लाख लिटर दूध प्रशोधन गर्ने

मकवानपुर। वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ । उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद […]