ललितपुर। कृषिमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै कृषिसम्बद्ध १५ समूहले विरोध जनाएका छन् ।

कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गरिँदा यो पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा गई व्यवसायीको उद्यमशीलतामा असर पर्ने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, पोल्ट्रीमा १ खर्ब २५ अर्ब, बाख्रा पालनमा १० अर्ब, केरामा ३ अर्ब, गरी कुल १ खर्ब ८३ अर्बको लगानी भई करीब ३५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरूमा रोजगारी सिर्जना भएको अवस्थामा ठूलो संख्याको आयस्रोत गुम्ने खतरा रहेको उनीहरुको भनाइ छ ।

कृषिसम्बद्ध समूहले प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय अविलम्ब फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् ।

एक्वेवद्धता जाहेर गर्ने संघ संस्थाहरु :
१. नेपाल अण्डा उत्पादक संघ
२. राष्ट्रिय कृषक समूह महासंघ
३. नेपाल डेरी एशोसिएसन
४. केन्दीय पशुपंक्षी पालन सहकारी संघ लि.
५. डेरी उद्योग संघ
६. कृषि विउ तथा तरकारी समूह नेपाल
७. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ
८. बाख्रा व्यवसायी महासंघ
९.  जिल्ला आई.पि.एम. कृषक संघ, चितवन
१०. मौरी पालक महासंघ
११. नेपाल मत्स्य व्यवसायी संघ
१२. नेपाल कुखुरा पालक किसान संघ
१३. चितवन केरा उत्पादक संघ
१४. राष्ट्रिय कृषक समूह महासंघ
१५. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ