अर्थ/बजार

चिनीको मूल्य वृद्धि नभए उद्योग सञ्चालन नगर्ने : चिनी उद्योग महासंघ

ललितपुर। चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन । नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको यथार्थपरक मूल्य नतोक्ने […]

१० वर्षमा ३० हजार हेक्टरमा रबर खेती, संभव छ अमेरिकामा निर्यात ?

झापा। नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ । प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै […]

झण्डै ९० अर्बको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी खाद्यान्न, तरकारी र फलफूल

ललितपुर। यो बर्षको पहिलो पाँच महिनामा करिब ९० अर्ब रुपैयाँबराबरको कृषिजन्य बस्तुको आयात भएको छ । गत् साउनदेखि मंसिरसम्ममा ८९ अर्ब ४० करोड रुपैयाँबराबरको कृषि बस्तु आयात भएको हो । पाँच महिनाको कूल आयातको हिस्सामा कृषिजन्य बस्तुको आयात दरले १५ प्रतिशत हिस्सा ओगटेको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपीसी) ले सोमबार पाँच महिनाको वैदेशिक […]

खुलेआम चिनी आयात

विराटनगर। नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको […]

तेह्रमध्ये पाँच कृषि उपजमा सफलता

ललितपुर। १४औं योजनाले गत आर्थिक वर्ष (आव) २०७४/७५ सम्मका लागि कृषि उत्पादनतर्फ तोकेको वार्षिक लक्ष्यमध्ये ५ कृषि उपजमा लक्ष्य प्राप्त भएको छ । सो योजनामा १३ प्रमुख कृषि उपजको वार्षिक लक्ष्य निर्धारण गरिएको छ । बाँकीमध्ये पाँच उपजमा चालू आवमा लक्ष्य प्राप्त हुन सक्ने र तीनबाट हुन नसक्ने प्रतिवेदन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक […]

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव

ललितपुर। कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे नेपाल सरकारसँग कतारले प्रस्ताव गरेको हो। नेपालमा उत्पादनको प्रसस्त सम्भावना देखेर कतारले नेपालसँग पशुपक्षी पालन र तरकारी उत्पादनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज […]

किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाई करिब एक करोड घोटाला

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाएर करिब एक करोड रुपैयाँ घोटाला गरेको अभियोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका १३ कर्मचारीबिरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार बिशेष अदालत काठमाडौं उक्त कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार दैलेखका किसानलाई विभिन्न वालीको बीउको पोका वितरण गरेको […]

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छिन् । ‘बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ,’ चौधरीले भनिन् , ‘चार किलोमिटर हिँडेर […]

कुखुराको दानाको मूल्य बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास […]

बक्यौता खोज्दै उखु किसान काठमाडौंमा

ललितपुर। संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको चर्चा सुन्दा गज्जव लागे पनि उखु किसानका समस्या भने सिंहदरबारमै अड्किएको छ । उखु किसानले पाउनुपर्ने बक्यौता उठाउन र उखु क्षेत्रका समस्या समाधानको माग गर्दै किसान प्रतिनिधिमण्डलले सिंहदरबारभित्रका सरोकारवाला निकायलाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन थालेको छ । उखु कृषक सिंहरदबारको ढोका ढक्ढक्याउन थालेको यो पहिलो पल्ट भने होइन […]