बढ्यो अण्डाको मूल्य
ललितपुर। उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। संघका अनुसार काठमाडौंमा ठूलो अण्डाको मूल्य प्रतिकार्टुन दुई हजार ५० र मध्यमको १८ सय ७० रुपैयाँ तोकिएको छ। यसअघि काठमाडौंमा ठूलो अण्डा […]