अर्थ/बजार

महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि मिल बुधबारदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले रु. ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरेका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले […]

पकेट क्षेत्रमै मह उत्पादन कमी

सिस्ने। महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले […]

किसान र व्यापारी छुट्याउन नसक्दा धान खरिदमा समस्या

वीरगञ्ज। खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ ।सङ्घीय सरकारले किसानको मात्र धान खरिद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयका प्रमुख नरनाथ अधिकारीले जानकारी दिनुभयो । किसानबाट धान खरिद गर्दा बजार […]

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

ललितपुर। ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी ९राजपा० का […]

नवलपरासीका उखु किसान आन्दोलित

नवलपरासी। हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्षजस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा सुगर मिल्स […]

इन्दुशंकर चिनी उद्योग शुक्रवारदेखि सञ्चालन हुने

सर्लाही। हरिऔनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् । उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको […]

कुखुराको मूल्य निर्धारणपछि कृषक उत्साहित

बेझाङ। कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी विक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् । जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रू. २००, मासु प्रतिकिलो थोक रू. ३०० र खुद्रा मूल्य प्रतिकिलो रू. ३४० दरभाउ […]

विचौलियाको मारमा कुखुरा र अण्डा व्यवसायी, व्यवसाय संकटमा

बेझाङ। कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा विक्री गर्न बाध्य छन् । बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रू. १६० को हाराहारीमा रहेको छ […]

अण्डा बेचेर मासिक चार लाख

बागलुङ। बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रू. १२ लाखको कारोबार हुन्छ । एउटा अण्डाको मूल्य रू. दश पर्छ । एक पेटी अण्डा रू। दुई हजार १०० मा विक्री हुन्छ […]

बजार पठाउन भ्याइनभ्याइ, बागलुङमा उत्पादन भएको किबी

गलकोट। अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष […]