अर्थ/बजार

कृषिजन्य वस्तुको निकासीमा गिरावट

ललितपुर। नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ। नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ। अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ। कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको […]

हावाहुरीसहितको बर्षाले ७० लाखबढीको केराखेतीमा क्षति

नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ […]

धान उत्पादन बढ्ने आँकलन

बाँके। धान रोपाइँ समयमै भएकाले बाँकेमा यो वर्ष प्रतिहेक्टर ४ मेट्रिक टनका दरले १ करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ । यहाँ उत्पादन […]

मल खरिदमा लेखाको चासो

ललितपुर। मल खरिदको बिषयलाई लिएर लेखा समितीले चासो देखाएको छ । सार्वजनिक लेखा समितिले मल खरिदमा भएको अनियमितता र अभावका सम्बन्धमा पत्र काट्दै जवाफ माग गरेको छ । गलत ठेकेदारलाई छनौट गरी मल खरिदमा चलखेल गरेको उजुरीपछि लेखा समितिले कृषि मन्त्रालयलाई ५ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । समितिका सचिव रोजनाथ पाण्डेले कृषि मन्त्रालयलाई […]

अदुवाको मूल्य स्थिर रहुँदा इलामका किसान हर्षित

इलाम। वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव […]

पहिराले ढुवानी रोकियो, बजारमा दूधको अभाव

बलेवा। पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । मध्यपहाडी लोकमार्गको […]

कृषिलाई प्रविधिसँग जोड्न अनुदानमा पावर टिलर वितरण

तुलसीपुर। कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धिका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । जिविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायीकरणसँग पनि जोड्नका लागि नयाँ प्रविधिमा जोड दिइएको उनको भनाई थियो । उपमहानगरपालिकाले समुह र सहकारीमार्फत ठूलो परिमाणमा कृषि गर्नेहरुलाई अनुदानमा पावर टिलर वितरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले […]

चहलपहल बढ्यो, फूलको व्यापार बढेन

ललितपुर। झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ । अन्य बजारजस्तै फूलको पसल पनि खुलेको […]

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रू। १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले रू. २०/२५ हजारदेखि […]

अलैँची भण्डारमै थन्किदा किसान मर्कामा

बलेवा। ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यान्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश किसानले नगदेबाली लगाउन थालेका छन् । उनीहरु नगदेबालीतर्फ लागेको केही वर्ष भयो । कसैले आलुको व्यावसायिक खेती गर्छन् भने कसैले खेतबारी र […]