एकै जिल्लाबाट १० हजार ६६८ किलो जडिबुटि बिक्री

म्याग्दी। आव २०७२/७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार सतुवा ६१४ किलो, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७, बिगजरा ४००, कुट्की दुई हजार ९५३, चिराइतो ६००, जटामसी एक हजार, अमलदेव ७००, भिरमह एक हजार १५३, सुगन्धवाल ८०, वनलसुन १० र यार्सागुम्बा […]

झन्जटिलो कृषि कर्जा

म्याग्दी। व्यावसायिक सुन्तलाखेती गर्दै आएका भकिम्ली–२ का इन्द्रबहादुर थापाले सहुलियत ब्याजदरको कृषि कर्जाका लागि बेनीमा रहेका बैंकका शाखामा दर्जनाँै पटक धाए। तर सो सुविधा पाएनन् । बैंकले उपलब्ध गराउने छ प्रतिशत ब्याजदरको कृषि कर्जा पाउन प्रक्रिया पूरा गर्न झन्जट लागेपछि थापाले बेनीकै सहकारी संस्थाबाट १६ प्रतिशत ब्याजदरमा रु छ लाख ऋण लिएर सुन्तलाखेती विस्तार गरे […]

तरकारीको मूल्यमा पच्चीस प्रतिशतको वृद्धि

काठमाडौँ। लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार यी विभिन्न […]

भ्याटको कारण देखांउदै अनुदान रकम फिर्ता

ओखलढुंगा। भूकम्प पीडित किसानहरुका लागि छुट्याएको बजेट गैर भूकम्प पीडितहरुको पोल्टामा परेको कुरा सन्दै आएका ओखलढुंगाका किसानहरुले आफनै नामा आएको रकम समेत पाउन सकेनन् । ओखलढुंगामा भूकम्प पीडित किसानलाई जिल्ला पशु सेवा कार्यालयबाट दिइने २३ लाख अनुदान भूकम्प पीडितका नाममा खर्च नगरी फिर्ता भएको छ । भूकम्प प्रभावित जिल्लाका पशु पालक किसानलाई बोका पालनमा दिइने […]

अनुदानको रकममा विदेशमा मस्ती

काठमाडौं। किसानहरुका लागि अनुदान वितरण गर्ने रकममा कृषिका कर्मचारीहरु विदेशमा मस्ती गरिरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्न नसकेपछि किसानहरु दिक्क भएका छन् । कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्रमुख तेजबहादुर सुवेदी सहित २० जनाको टोली अहिले थाईल्याण्डको फुकेटमा मस्ती गरिरहेका छन् । पश्चिमका पहाडी जिल्लामा खाद्य सुरक्षाका लागि […]

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

पोखरा। व्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ । पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् । त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नंं। १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी […]

भोजपुरमा मनकामना जातको मकै लोकप्रीय

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ ।भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए । भोजपुरको […]

कृषि र पशु विकास मन्त्रालय गाभ्न कसरत

काठमाडौं। नयां संविधानमा पच्चीस भन्दा बढी मन्त्रालय नबनाउने उल्लेख गरिएको भएपनि सत्ता साझेदारीताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका साझेदारहरुलाई भागबण्डा पु¥याउनका लागि धेरै मन्त्रालय विभाजन समेत गरिए । त्यही विभाजनको मारमा कृषि विकास मन्त्रालय पनि प¥यो । कृषि विकास मन्त्रालय विभाजन भएपछि कृषि मन्त्री रहेका एमाओवादी नेता हरिबोल प्रसाद गजुरेलले मन्त्रालय विभाजन नगर्नका लागि हदैसम्मको […]

गर्मीमा के खाने

गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त १. सलाद […]

डिडिसीको नयाँ उत्पादन दाना र टि मिल्क बजारमा

काठमाडौ। दुग्ध विकास संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दान क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकारकार तोड्दै पहिलोपटक डिडिसी दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि बिक्री सुरु गर्ने भएको छ । संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन […]