
भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ ।भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ ।
मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए ।
भोजपुरको दाँवा, च्याङ्ग्रे, टक्सार, काफ्लेलगायतका स्थानमा मनकामना जातको मकैको बीउ अगुवा कृषकमार्फत उत्पादन भइरहेको कार्यालयले जनाएको छ । जिल्लाको मुख्य बालीको रुपमा रहेको मकै खेती भोजपुरको ४० हजार हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयले मकै खेती गर्ने कृषकलाई तालिम दिई अगुवा कृषक बनाउने गरेको छ ।