प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह

सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह गरेकी छन् । वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्रांगारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरिन् । बैंकहरुले प्रांगारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा […]

नेपालको पानी पिउन कतार आतुर : कतारी राजदूत

ललितपुर। खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको हो । भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै […]

सडकमा दूध पोखेर कृषकको विरोध

कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्। दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध  सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध […]

बारा-पर्सा आँधीहुरी प्रभाव : २२ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरे

फेटा। बारा र पर्सामा आइतबार आएको शक्तिशाली हावाहुरीले २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमानित तथ्यांक संकलन गरिएको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० […]

यन्त्रबाट मकै रोप्ने प्रविधिमा कृषकको आकर्षण

वीरगञ्ज। जितपुर सिमरा उपमहानगरपालिका ११ खेस्रौलका किसान परमानन्द चौधरीले पोहोर भन्दा यसवर्ष मकैखेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण उनलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाटले ल्याएको यन्त्रबाट मकै रोप्ने प्रविधि हो । उनले अघिल्लो वर्ष यन्त्रबाट मकै रोप्दा सबै खर्च कटाएर रू. ४ लाख ५० हजार मुनाफा कमाएपछि यसवर्ष हौसिएर उनले ५ […]

क्षणभरमै खोसिएको खुसी, मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा

बारा। दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै […]

प्रभावकारी बन्दै २० किलो चामल कार्यक्रम

जुम्ला। सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् । २ वर्षअघि सो कार्यक्रमको निकै आलोचना भएको र विवादमा समेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा निःशुल्क २० किलो चामलसहित ज्याला लिनेको संख्या बढेसँगै उक्त […]

हेम्जाको पहिचान बन्दै आलुखेती

पोखरा। झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले बताए । लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रोङबाट […]

अदुवाको बीमा गर्ने सोचमा हुनुहुन्छ ?

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, […]

किसानद्वारा दूधको भाउ बढाउन माग

लमही। स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए । ‘अहिले गाई तथा भैंसीको दूध प्रतिलिटर रू. ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रू. ४५ सम्म पर्छ’, उनले […]