गर्मी छल्न १० हजार रुख रोप्ने तयारी

बाँके। शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताएका छन् । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने, “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको […]

अव यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने भए पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ/खोर व्यवस्थापन, आहारा, प्रजनन र […]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, ऊर्जा, उद्योग र पर्यटनमा जोड

पोखरा। गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशको नीति तथा कार्यक्रमले आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक पूर्वाधारमा जोड दिइएको छ । दिगो विकासका चार आधार जनता, जमिन, शान्ति र समृद्धिलाई […]

सुलभ कर्जा सहजीकरण कार्यक्रम संचालन गर्दै प्रदेश सरकार

परासी। प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका […]

किसानलाई एक प्रतिशत ब्याजदरमा पशुपालन ऋण

सिन्धुपाल्चोक। लिसंखुपाखर गाउँपालिकाले पशुपालन गरेर जीविकोपार्जन गर्न चाहने किसानलाई एक प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने भएको छ। अनुदानको नाममा वितरण हुने रकमलाई छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागिएको हो। त्यसको लागि गाउँपालिकाले पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालन तर्फ १५ लाख रुपैैयाँ बजेट छुट्टाएको छ। सो रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा संचालित कार्यक्रममै सिँचाई अभाव

जुम्ला। सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् । स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्त्वपूर्ण हो । बिरुवा लगाउने बेला, मुना पलाउने बेला, फूल फुल्ने बेला, […]

धानको सट्टा सुन्तला

गलकोट। विस २०५८ मा कोदो, मकै फल्ने बारी मासेर छोराले सुन्तलाका बिरुवा रोप्दा खेतीपाती मास्नु हुँदैन भनेर गाली गर्ने काठेखोला गाउँपालिका–६ बिहुँका ९० वर्षीय नरिश्वर कँडेलको धारणा अहिले परिवर्तन भएको छ । अन्नबाली खाने बारी मासेर सुन्तला लगाएर के खाने सुन्तला मात्र खाएर भएन भन्ने नरिश्वर कँडेलले अहिले आफ्ना तीन छोरालाई बारी मात्र हैन धान […]

अव सुन्तला र जुनारको पनि बीमा गर्न सकिने

ललितपुर। बीमा समितिले सुन्तला र जुनार खेती बीमालेख योजना जारी गरेको छ । यस बीमालेखले सुन्तला र जुनार खेतीमा हानि नोक्सानी भएमा रक्षावरण गर्नेछ । समितिले कागती सुन्तला र जुनार बीमालेख एकैपटक जारी गरेको हो । जुनार र सुन्तलाको हकमा समुद्री सतहको एक हजारदेखि एक हजार ४०० मिटरसम्ममा खेती गरेको हुनुपर्नेछ । तर, उष्ण प्रदेशीय […]

अण्डा र चल्ला बेच्नै मुस्किल, व्यावसायमा थप संकट

चितवन। देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय संकटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा संकट देखापरेको हो । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला विक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ ओटा ह्याचरी […]

कृषि बस्तुको उत्पादन वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान

ललितपुर आर्थिक वर्ष २०७५/७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ । सोमबार संसद्मा पेश भएको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले वृद्धि भएको तथा आव २०७४/७५ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर २.७ रहेको उल्लेख छ । आव २०७५.७६ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ […]