वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ। स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो । सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल […]

पूर्वगाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अन्नपूर्ण। बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो । उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो । यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै […]

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

बलेवा। नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ । हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा रु. आठदेखि दश हजार मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष रु. ४० […]

मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

ललितपुर। गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति […]

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

गलकोट। भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राउनु भएको छ । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ […]

सहकारीमार्फत करोडौँ गाउँ भित्र्याउँदै महिला

ढोरपाटन। आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन […]

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

गलकोट। नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने […]

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु. २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु. ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु. ७० का दरले रु. २९ करोड २५ लाख ५२ हजार सात […]

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

रामपुर। ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हँुदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा […]

स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी। चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र […]