नेपाल टि एशोसियसनको अध्यक्षमा मैनाली

ललितपुर। नेपाल टि एशोसियनको प्रथम महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त महाधिवेशनमा कमलराज मैनालीको अध्यक्षतामा १७ सदस्यीय केन्दिय समिति चयन भएको हो । सो संख्या मध्येमा १५ जना निवार्चित र २ जना मनोनित भएका हुन् । महासचिवमा केदारमणी पौडेल चयन भएका छन् । सचिवमा नविन महर्जन तथा कोषाध्यक्षमा चिरन्जिवी दाहाल […]

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौँडा। भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर विक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले जानकारी दिए । […]

कतारपछि अव नेपाली तरकारी तथा फलफूल युएईको बजारमा (भिडियोसहित)

ललितपुर। नेपालमा उत्पादन भएको तरकारी युएईको बजारमा पुगेको छ । अल समन इन्टरनेसन प्रालीले नेपालमा उत्पादित तरकारी युएईको बजारमा पु¥याएको हो । सेप्टेम्बर ४ देखि नेपाली तरकारी युएईको व्यापारिक मलहरुमा उपलब्ध रहेको अल समन इन्टरनेसन प्रालिका संचालक कल्याण घिमिरेले बताउनुभयो । नेपालमा उत्पादित गुन्द्रुक, तितेकरेला, अकबरे खुर्सानी, तामा, सिमी, मुलालगायतका ९ थरी तरकारी तथा फलफूल अहिले […]

कौशी र प्राङ्गरीक खेती कृषि ज्ञान केन्द्र ललितपुरको प्राथमिकता

ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले कौशी र प्राङगारीक खेतीलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरेको छ । पुष्प व्यवसाय, कौसी खेती र प्राङगारीक कृषिलाई प्राथमिकतामा राख्दै कृषि ज्ञान केन्द्र ललितपुरले बिहीबार बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्ष २०७६ /७७ को कार्यक्रम तथा बजेट बाँडफाँड गर्न आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरले उक्त जानकारी […]

किसानलाई एक वर्षमा ४३ करोड वितरण

बुटवल। प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालय, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई वितरण गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुलाई उत्साहित गराउने उदेश्यका साथ प्रदेश सरकारले उक्त ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानालई प्रदान गरेको हो । आर्थिक बर्ष २०७५/०७६ मा […]

यसरी गर्न सकिन्छ अङ्गुरको व्यवसायिक खेती

सरकारले आर्थिक बर्ष २०७०/७१ को बजेटदेखि कृषितर्फ ठूलो बजेट बिनियोजन गर्दैआएको छ । यसको अर्थ हो, सरकारले कृषि क्षेत्रलाई बिस्तारै गम्भिर पेशाको रुपमा बुझ्नु । पछिल्लो समयमा कृषिबाटै करोडपति हुने कर्मशिल व्यक्तित्वहरु बढ्दै गइरहेका छन् । भविष्यमा यो क्रम अझ बढ्ने छ । स्वास्थ्यका लागि मात्रै होइन, सम्वृद्धिका लागि पनि फलफूलको उत्तिकै महत्व छ । […]

‘एक घर, एक करेसाबारी’ अनिवार्य, तरकारीको बिउ र बिरुवा सित्तैमा

गलकोट। बागलुङको गलकोट नगरपालिका–३ हटियाले चालू आर्थिक वर्षमा ‘एक घर–एक करेसाबारी’ कार्यक्रम शुरु गरेको छ। विषादी तरकारीको आयात रोकी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी सो कार्यक्रम थालेको हो। करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी […]

आफ्नै बारीको तरकारी बेचेर करोडपति

अर्घाखाँची। “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगारेको मान्छे भनेर कुरा काट्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन,” यो भनाइ हो, घोचेखोलाका कृषक गणेश बन्जाडेको । घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना कृषक […]

बाख्रा पालन गर्नु अघि ध्यान दिनु पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

अलैँचीमा रोगको सङ्क्रमण, उत्पादन गत वर्षभन्दा आधा कम

इलाम। राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि […]