ललितपुर। नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।

यस्तै फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. श्रीराम घिमिरेलाई नियुक्त गर्ने घोषणा गरेको बताए ।