पर्वत। पैयूँ गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले एक सूचना प्रकाशित गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषि समूह, पशुपन्छीं फार्म, कृषि सहकारी एवं संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. कृषक तथा व्यवसायीक गाईभैंसीं फर्मलाई उन्नत जातको साँढे राँगो वितरण
२. व्यवसायीक बाख्रापालन फर्मलाई ७५ प्रतिशत जातिय गुण भएको उन्नत जातको बोयर बोका वितरण
३. दूध संकलन, भण्डारण बिक्रिको लागि ५०० लि. क्षमताको चिलिङ्ग भ्याट वितरण
४. व्यवसायीक गाईभैंसी फर्मलाई मोटर सहितको च्यापकटर वितरण
५. व्यवसायीक बाख्रा पालन फर्मलाई माउ खरीद तथा खोर सुधार कार्यक्रम
६. व्यवसायीक बंगुर फर्म सुदृढिकरण तथा जैविक सुरक्षा कार्यक्रम
७. व्यवसायीक युवा लक्षित गाईभैंसीं पालन
८. अण्डा उत्पादन गर्ने १००० भन्दा कुखुरा पाल्ने फर्मलाई खोर सुधार तथा जैविक सुरक्षामा अनुदान
९. माछा पोखरी निर्माण तथा सुधार कार्यक्रम

थप जानकारीका लागि :
०६७- ४१११०१, ०६७- ४१११०२

सूचना हेर्नुहोस :