जडीबुटीका अध्येता सीका माध्यमबाट पुरानो सडेगलेका काठ तथा रुखका ठुटामा उम्रने बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो, रातो च्याउ अर्थात् गानोदर्मा लुसिडम ।
निकै दुर्लभ भएका कारण यसबारे कमैलाई थाहा छ । चीनको पौराणिक र ऐतिहासिक जडीबुटीसम्बन्धी पुस्तक संगनेम क्लासिक हर्बल (पाँच हजार वर्ष पुरानो पुस्तक)मा ढुसी वनस्पतीय नाम गानोदर्मा लुसिडमबारे विशेष वर्णन गरिएको छ । यसलाई जडीबुटीहरूको राजा (किङ अफ हब्र्स)को संज्ञा दिइएको छ ।
आखिर रातो च्याउमा त्यस्तो के हुन्छ र जडीबुटीकै राजा भनिन्छ ?
च्याउमा पाइने महत्वपूर्ण तत्वहरु गानोदर्मामा दुई सय ५० भन्दा बढी सक्रिय तत्त्वहरू हुन्छन् । यी तत्त्व मानवीय स्वास्थ्यलाई निकै महत्त्वपूर्ण छन् । रातो च्याउमा पाइने कतिपय तत्त्व अन्य जडीबुटीमा पाइँदैन । प्रचुर पौष्टिक तत्त्वहरू रहने भएकाले पनि एकैपटक धेरै प्रयोग गर्दा पचाउन मुस्किल पर्छ ।
१. पोलिस्याकराइड रातो च्याउमा पाइने पोलिस्याकराइडले शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्छ । भाइरस र ब्याक्टेरिया हटाउँछ अनि शरीर शुद्धीकरण गर्छ । पोलिस्याकराइड पानीमा घुल्छ । यो तत्त्वले शरीरमा असामान्य कोष र मासु पलाउन दिँदैन । रगतमा चिनीको मात्रा घटाउँछ । शरीरको विकार हटाउँछ भने अक्सिजनको मात्रा बढाउँछ । दुखाइ कम गर्ने तथा एलर्जी हटाउने गर्छ । रक्तकोषिकाको संख्या बढाउँछ । सातपत्रेलाई सक्रिय बनाउँछ । मधुमेहका बिरामीलाई रातो च्याउमा पाइने पोलिस्याकराइड अति आवश्यक छ । यसले आयु पनि बढाउँछ ।
२. अर्गानिक जर्मानियम यसले रगतमा अक्सिजनको मात्रा वृद्धि गर्छ । कोष नष्ट हुन दिँदैन । कोषको आयु बढाउँछ । विद्युतीय चार्ज सुचारु गरी मुटु र दिमागलाई राम्रो गर्छ । छारेरोग, घाउ खटिरा निको पार्न तथा अपरेसन गरेर बसेका मानिसलाई पनि उत्तम हुन्छ । यसले शरीरलाई सन्तुलनमा राख्छ ।
३. अर्दनोसाइन रातो च्याउमा पाइने अर्दनोसाइनलाई सञ्चालनकर्ता भनिन्छ । यसले निद्रा सन्तुलित राख्छ । शरीरका तन्तुहरूलाई चाहिने शक्ति आपूर्ति गर्छ । रगतको प्रवाह बढाएर शरीरमा रगत आपूर्ति गराउँछ । शरीरमा पिएच अर्थात् क्षार र अम्ललाई सन्तुलनमा राख्छ । रगतमा कोलेस्ट्रोल (बोसो)को मात्रा घटाउँछ । मोटोपन नियन्त्रणमा राख्छ । हृदयघातबाट बचाउँछ । ग्रन्थिहरूमा समस्या हुन दिँदैन । पेटमा अल्सर हुने खतरालाई निमिट्यान्न पार्छ । यसले कोलेस्ट्रोल घटाएर रक्तचाप नियन्त्रणमा राख्छ ।
५. गानोदेरिक इसेन्स गानोदेरिक इसेन्सले तन्तुहरूलाई पुनर्जीवन दिन्छ । छालारोग ठीक गरी सुन्दरता थप्छ । बाहिरी घाउ निको पार्छ । गानोदेरिक इसेन्समा प्रोटिन, रेसा, भिटामिनहरू, एमिनो एसिड, मिनरल्सजस्ता तत्त्व पनि पाइन्छन् । यसरी चिन्ने रातो च्याउ ल रातो च्याउ प्राकृतिक रूपमा हिमालयन क्षेत्रमा पाइने गर्छ । तर, यो निकै दुर्लभ हुन्छ । चिस्यान भएको ओसिलो ठाउँको जंगलमा यो भेटिन्छ । धेरै रुख लडेको ओसिलो ठाउँमा एक–दुईवटा ठुटामा मात्रै रातो च्याउ उम्रिने गरेको पाइन्छ । तर, अहिले व्यावसायिक रूपमा पनि यसको खेती हुने गरेको छ ।
शरीरका महत्त्वपूर्ण अंगहरू मुटु, कलेजो, फोक्सो, मिर्गौला, र मस्तिष्कलाई निरोगी र सन्तुलनमा राख्ने काम गर्छ । पाचन प्रणाली र रक्त सञ्चारलाई मजबुत र सन्तुलित राख्ने तथ्य पनि जापान, चीन, दक्षिण कोरिया र अमेरिकाका वैज्ञानिक तथा जडीबुटीसम्बन्धी अध्येताहरूको संयुक्त टोलीले पत्ता लगाएको छ । टोलीले सञ्जीवनी बुटी भनेकै रातो च्याउ हो भन्ने तर्क पनि दिएका छन् । चाइना, जापानलगायत देशमा क्यान्सरको उपचारमा रातो च्याउ बढी प्रयोग गरिएको पाइन्छ । यसको सेवनले कुनै साइड इफेक्ट हुँदैन । बरु अन्य औषधिको साइड इफेक्टलाई पनि यसले रोकिदिन्छ ।
जडीबुटीका अध्येता तथा विज्ञहरूले रातो च्याउलाई एडाप्टोजेनको संज्ञा पनि दिएका छन् । एडाप्टोजेन भनेको कुनै साइड इफेक्ट नगरी एउटै औषधिले धेरै रोग नियन्त्रणमा राख्नु भन्ने बुझिन्छ । रातो च्याउले ब्याक्टेरिया, भाइरस, केमिकल, फोहोरमैलाजस्ता शरीरभित्रका विकारलाई बाहिर निकाल्ने काम गर्छ । विकारबाट लाग्ने रोगहरूबाट शरीरले मुक्ति पाउँछ । शरीरको इम्युन प्रणाली बलियो बनाएर किटाणुविरुद्ध लड्ने क्षमता बढाउँछ ।
शरीरमा भएका विषाक्त तत्त्व (टक्सिन)हरूलाई दिसा, पिसाब, र्याल, खकार, सिँगान, कफ, पसिना, कानेगुजी, घाउखटिरा, पिलो आदिका माध्यमबाट बाहिर पठाउने काम गर्छ । रातो च्याउले अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने गर्छ । जंगलका धेरै जडीबुटीमा पाइने गुण रातो च्याउ एउटैमा पाइन्छ । यो पोलिस गरेजस्तो चम्किलो रातो हुन्छ ।
तालिम कहाँ हुन्छ ?
तालिम पोखरामा संचालन गरिदैं छ । प्रत्येक जिल्लाबाट तालिम लिन चाहने व्यक्तिले नागरिकताको फोटो कपि सहित सम्पर्क गर्नु पर्छ ।
सम्पर्क नंम्बर :
९८४६०३३४१५
९८५७०७०५२२
तालिमको उदेश्य ?
हाल विदेशबाट आयात भैरहेको गानोडरमा च्याउ आयात रोक्ने र नेपालमै प्रसस्त च्याउ उत्पादन गरि निर्यात गर्ने ।
के – के सिक्न पाईन्छ ?
कल्चर प्रविधि,बीउ उत्पादन देखि उत्पादन सम्म
(नोट : विज्ञापन सामग्री)









