ललितपुर। सरकारले आफ्नो शैली परिवर्तन नगरे सत्ता र सडक दुबैबाट प्रतिवाद गर्ने चेतावनी दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ मन्त्रालय रहने गरी छायाँ सरकार गठन गरेको हो । पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छायाँमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समितिको नेतृत्व गर्ने जनाइएको छ । सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरुले संयोजक भएर भूमिका खेल्ने छन् ।

संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन् । समानान्तर मन्त्रालयको काम कार्बाहीको निगरानी गर्नु उनीहरुको मुख्य काम हुने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको छायाँ मन्त्रिमण्डलमा को–को ?
ऊर्जा, जलस्रोत तथा सिंचाई :
माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
माननीय सत्यनारायण खनाल
माननीय ज्ञानकुमारी छन्त्याल

परराष्ट्र मन्त्रालय :
माननीय डा. नारायण खड्का, संयोजक
माननीय डा. अमेरशकुमार सिंह
माननीय दिव्यमणी राजभण्डारी

अर्थ मन्त्रालय :
माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
माननीय मीना पाण्डे
माननीय विनोद कुमार चौधरी

गृह मन्त्रालय :
माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
माननीय रमेशजंग रायमाझी
माननीय महेन्द्रकुमारी लिम्बु

शहरी विकास मन्त्रालय :
माननीय उमाकान्त चौधरी, संयोजक
माननीय मीनाक्षी झा
माननीय रामबहादुर विष्ट

युवा तथा खेलकुद मन्त्रालय :
माननीय किशोरसिंह राठौर, संयोजक
माननीय रंगमति शाही
माननीय दुर्गा प्रसाद उपाध्याय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय :
माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
माननीय विन्दा देवी आले राना
माननीय कर्मा घले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय :
माननीय गगनकुमार थापा, संयोजक
माननीय उमेश श्रेष्ठ
माननीय नमिता कुमारी चौधरी

खानेपानी मन्त्रालय :
माननीय सुजाता परियार, संयोजक
माननीय मिना सुब्बा
माननीय नागेन्द्र कुमार राय

स्वास्थ्य तथा जनसंख्या :
माननीय पार्वता डि.सी.चौधरी, संयोजक
माननीय सीताराम महतो
माननीय मोहन आचार्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय :
माननीय देवेन्द्रराज कण्डेल, संयोजक
माननीय प्रकाश स्नेही रसाइली
माननीय प्रमिला राई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय :
माननीय डा. डिला संग्रौला पन्त, संयोजक
माननीय प्रकाश पन्थ

सञ्चार तथा सूचना प्रविधि :
माननीय बहादुरसिंह लामा, संयोजक
माननीय सूर्यबहादुर केसी
माननीय विमला नेपाली

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण :
माननीय लक्ष्मी परियार , संयोजक
माननीय प्रमोद कुमार यादव
माननीय स्मृति नारायण चौधरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय :
माननीय अतहर कमाल मुसलमान, संयोजक
माननीय तेजुलाल चौधरी
माननीय धन कुमारी खतिवडा

कृषि तथा पशुपंक्षी मन्त्रालय :
माननीय पद्म नारायण चौधरी, संयोजक
माननीय अनिता देवकोटा
माननीय सरवत आरा खानम हलुवाइनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय :
माननीय उमा रेग्मी , संयोजक
माननीय लालकाजी गुरुङ्ग
माननीय हिरा गुरुङ्ग

रक्षा मन्त्रालय :
माननीय भिसेनदास प्रधान, संयोजक
माननीय अभिषेक प्रताप शाह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :
माननीय सञ्जय कुमार गौतम, संयोजक
माननीय जीप छिरिङ लामा
माननीय देवप्रसाद तिमिल्सिना

वन तथा वातावरण मन्त्रालय :
माननीय राजेन्द्र कुमार के.सी., संयोजक
माननीय मुक्ता कुमारी यादव

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय :
माननीय राधेश्याम अधिकारी, संयोजक