भद्रपुर। सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महिना यता देखि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दिबारी २ मा रहेको कामक्षादेवी टि प्रालिको चिया उद्योग तोडफोड गरेको उद्योगीले बताएका छन् ।

डेढसयको सख्यामा आएका मजदुरले कार्यालयका सामान,फर्निचर कम्यूटर ल्यापटप,चिया मेसिनमा तोडफोड गरि क्षति पु¥याएको सञ्चालक कृष्ण प्रसाइले बताए ।
एक्कासी आएको हुलले नाराबाजी गर्दै चारथान कम्यूटर, एकथान फोटोकपी मेसिन,ल्यापटप, दुइथान मोवाइल, कुर्सी, दराज, मे१ च २२५ नम्बरको ट्रकमा आगजनी गरेको उनले बताए ।

आन्दोलनकारीले १५ हजार किलो हरियो चियापत्ती समेत नष्ट गरिदिएको उनले जनाए । चिया मेसिनमा समेत आगो लगाएर क्षति पु¥याएको उनको भनाइ छ ।
सरकारले राजपत्र मै प्रकाशित गरी चिया मजदुरलको न्यूनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीको पुतला दहन गरेका थिए ।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए । पूर्वका चिया मजदुर  चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । ज्याला मात्र नभई श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग छ ।।