ललितपुर। उपत्यकामा भरी वर्षा भएको छ। शुक्रबार साँझपख असिनासहितको वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ।

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै मौसम सफा पनि हुन्छ, फेरि केही समयपछि बदली हुन्छ।’

यस्तो छ महाशाखाले आगामी आइतबारसम्म गरेको मौसमको पूर्वानुमान :
वैशाख ६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।
राति : देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।
बैशाख ७ गते (शनिबार)
दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।
राति : देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।
बैशाख ८ गते (आइतबार)
दिउँसोः देशको पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।
राति : देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।