काठमाडौं। यही फागुन १६ र १७ गते काठमाडौंमा ‘साना किसान सम्मेलन’ हुने भएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको हो । साना किसानको समृद्धि, कृषि रुपान्तरण र उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न साना किसान सम्मेलन आयोजना गर्न लागिएको साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका उपाध्यक्ष खेमबहादुर पाठकले जानकारी दिनुभयो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको सम्बन्धित क्षेत्रका विज्ञहरु समेत सहभागी हुने सम्मेलनमा साना किसान विकास कार्यक्रमबारे विस्तृत छलफल हुने एजेन्डा पनि तय गरिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्था, साना विकास बैंक र यस क्षेत्रमा कार्यरत नीति निर्माता सहितको सहभागिता रहनेछ ।

सम्मेलनमा देशभरका करिब १ हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्र्तराष्ट्रिय विज्ञ, अन्वेशक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद तथा नीति निर्माता गरी १२ सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।