ललितपुर। तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।

संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सबैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। फर्म भर्ने म्याद माघ २४ गतेसम्म रहेको छ । परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।