
काभ्रे। पाँचखाल नगरपालिकाको किसानहरुले तरकारी फालेर धुलिखेलमा विरोध गरेका छन् । पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेको ७ इँटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेपछि सोमबार किसानहरुले धुलिखेलमा तारकारी फालेर विरोध गरेका छन् ।
पाँचखालमा सञ्चालनमा रहेको भट्टाहरु र प्लाईबाट फालिएको कालो धुवाँका कारण धेरै किसानको तरकारी बजारमा बिक्रि हुन छोडेपछि किसान आन्दोलित बनेका हुन् ।
वातावरणलाई असर गर्ने इँटा उद्योग र प्लाई उद्योग तत्काल हटाई जनताको बाँच्न पाउने अधिकार सुरक्षित गर्नका लागि किसानको हस्ताक्षरसहित नगरमा पत्र समेत बुझाएका छन् । केही समयअघि पाँचखालका जनताहरुले इँटा र प्लाई उद्योगले फालेको कार्बन जनताको हित विपरित भएको भन्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।