ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अघिल्लो बर्षझै यस बर्ष पनि राष्ट्रपति उकृष्ट कृषक पुरस्कारकालागि निवेदन आव्हान गरेको छ ।
विगत बर्षहरुमा भन्दा झण्डै दोब्बर राषिको यो प्रोत्साहन पुरस्कारका लागि किसानले प्रतिष्पर्धाकालागि निवेदन पेश गर्नुपर्ने हुन्छ । अहिले खुलाईएको आवेदन आर्थिक वर्ष २०७५/७६ को लागि हो ।
यस बर्षदेखि संरचनागत ढाचा परिवर्तन भएको कारण कृषि ज्ञान केन्द्र, गाउँ र नगरपालिका, पशु सेवा केन्द्र जहाँ पायकपर्छ त्यहीबाट निवेदन पेश गर्न सकिने कृषि तथा पशुपन्छी व्यवसाय प्रबद्र्धन महाशाखाका उपसचिव डा.गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।
विभिन्न ठाउँमा संकलित निवदेन जिल्ला, प्रदेश हुँदै केन्द्रमा अन्तिम नामावाली आएपछि पुरस्कार पाउँनेहरु छनौट हुने शर्माले जानकारी दिनुभयो ।
विगतका बर्षहरुमा ५ विकास क्षेत्रबाट एक एक जनालाई एक लाखको दरले पुरस्कार वितरण गरिंदै आएकोमा । आर्थिक बर्षदेखि संरचना फेरिएकोले सात प्रदेशबाट एक एक जनालाई अढाई लाखको दरले पुरस्कार दिईने छ । र, एक जना सर्वोत्कृष्टलाई चार लाख वितरण गरिने उपसचिव शर्माको भनाई छ ।
यस बर्ष पुरस्कारको लागि २५ लाख रुपैया विनियोजन गरिएको शर्माले जनकारी दिनुभयो ।









