ललितपुर। भूकम्पपीडितले चाडै नै सहुलियतपूर्ण तीन लाख रुपैया ऋण पाउने भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् ।

स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् ।
‘यसअघि सामूहिक ऋणको अवधारणा अगाडि ल्याइयो तर यसको प्रयोग नै गर्न पाइएन, अब स्थानीय सरकारसंगको साझेदारीमा नै भूकम्पको काम सम्पन्न गर्नुपर्ने हुन्छ’ उनले भने ‘हामीले ३ लाख सहुलियत ऋणका विषयमा काम अन्तिम चरणमा र्पुयाएका छौं ।’

प्राविधिक कारणले केही वास्तविक पीडितले सरकारी अनुदानमा समस्या ब्यहोर्नुपरे पनि अब अन्त्य हुने ज्ञवालीले बताए ।

ज्ञवालीले पुनर्निर्माणको द्रुत गतिमा लैजान अब स्थानीय सरकारबाट नै सम्बोधन गर्ने गरी काम गरिसकिएको जानकारी दिए।