
चरिकोट। दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको आइतवार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रू. तीन हजारदेखि रू. ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ ।
उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली तथा फलफूल व्यवसाय गर्ने कृषकलाई अनुदान दिइने अध्यक्ष पोखरेलले बताए ।
‘कृषकलाई उत्पादनमूलक क्षेत्रमा लगाएर व्यावसायिक बनाउन तथा जीवनस्तर उकास्ने उद्देश्यले अनुदानको व्यवस्था गरेका हौँ,’ उनले भने ।